Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भ्रमण वर्ष सफल बनाउन गौरीशंकर गाउँपालिकाका सरोकारवालाहरु जुट्दै

काठमाण्डौँ-भ्रमण वर्षलाई लक्षित गरी दोलखाको गौरीशंकर गाउँपालिकामा विशेष अभियान सञ्चालन गरिने भएको छ । गाउँपालिकामा रहेको प्राकृतिक तथा धार्मिक पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गरी पर्यटक भित्र्याउन विशेष योजना बनाउन लागिएको हो ।

भ्रमण वर्ष सफल बनाउन महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, वाग्मती प्रदेश सांसद सरस्वती बस्नेत, हिमाली गोले, उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष सुरज बैद्य लगाएत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा काठमाण्डौमा विशेष भेला सम्पन्न भएको छ । भेलामा प्रमुख अतिथि मन्त्री गुरुङले भ्रमण वर्ष सफल बनाउन एकजुट भएर लाग्न सबैलाई आग्रह गरे ।

भेलाले भ्रमण वर्ष सफल पार्न गाउँपालिका अध्यक्ष सोयम बहादुर खड्काको अध्यक्षतामा सरोकारवालाहरुको प्रतिनिधित्व रहनेगरी एक समिति समेत गठन गरेको छ । काठमाण्डौँमा शनिवार सम्पन्न भेलाले गाउँपालिकामा भ्रमण वर्ष सफल बनाउन ७ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा नेकपा गाउँपालिका अध्यक्ष जंग गुरुङ, काग्रेस गाउँ सभापति श्याम सुन्दर तामाङ, छिरिङ शेर्पा, उमेश गुरुङ, मिङमा तेन्जिङ शेर्पा र फुर्वा ठिले शेर्पा रहेका छन् । नेकपा गाउँपालिका अध्यक्ष जंग गुरुङका अनुसार समितिमा अन्य सरोकारवाला संघ संस्थाका व्यक्तिलाई समेत समेटेर पुर्णता दिईनेछ ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update