लामिछाने सय विकेट लिने पहिलो नेपाली खेलाडी
काठमाडौँ — नेपाली क्रिकेट ईतिहाँसमा सन्दीप लामिछाने ट्वान्टी-२० सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत मलेसियाविरुद्ध उनले तीन विकेट लिएसँगै लामिछानेको सय विकेट पूरा भएको हो ।
शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले मलेसियाका विरनदीप जगजित सिंह, अनवर अरुद्दीन र खिजर हायात दुर्रानीको विकेट लिएर कीर्तिमानी बनाएका हुन्।
उनले ७५ खेलमा १०१ विकेट लिएका छन्। उनले आफ्नो पहिलो ओभर मेडन राख्दै २ विकेट चड्काएका थिए। सन्दीपको बलिङमा मलेसियाका ३ जना ब्याट्म्यानलाई पवन सर्राफले क्याचआउट गराएका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६ १४:०६
प्रतिक्रिया दिनुहोस्