Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एसईई परीक्षाको नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी

काठमाण्डौं - यो वर्षको (एसईई) को अन्तिम नतिजा साउन मसान्तसम्म प्रकाशित गर्ने तयारी भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले त्यसका लागि हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्ने काम गरिरहेका छन् । उक्त कार्य गर्न अझै केही समय लाग्ने भएकाले नतिजा प्रकाशन पनि ढिलाई हुने भएको हो ।

ढिलोमा पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले जानकारी दिए । नतिजा प्रकाशनका लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको विवरण संकलन हुने काम भैरहेको उनले बताए ।

समन्वय एकाइलाई बोर्डले असार मसान्तसम्म विवरण पठाउन समयसीमा दिएको थियो । तर हालसम्म केही जिल्लाबाट मात्रै विवरण प्राप्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बोर्डले समन्वय एकाइलाई विद्यार्थीको विवरण पठाउन म्याद थप भने नगर्ने जनाएको छ । सबै विवरण आएपछि बार्डले विद्यार्थीको विवरण अद्यावधिक गरेर अन्तिम नतिजा प्रकाशित गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update