Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अमेरिकाले नेपाललाई उपलव्ध गरायो १५ लाख डोज खोप

काठमाडौँ - अमेरिकी सरकारले नेपालका लागि १५ लाख डोज खोप उपलव्ध गराउने भएको छ । उक्त खोप सोमबार नेपाल आईपुग्ने छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो ।

अमेरिकाले कोभ्यासमार्फत नेपाललाई उपलव्ध गराउन लागेको उक्त खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

नेपालस्थित अमेरिकी राजदूतावासले पनि खोप नेपाल आउन लागेको पुष्टि गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् ।

स्वास्थ्य मन्त्रालयले पनि अमेरिकी सरकारलाई यसअघि ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि पत्र लेखेको थियो । खरिदको प्रक्रिया भने अघि बढ्न सकेको छैन ।

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update