पार्टीलाई एकताबद्ध बनाउन एमाले कार्यदलले जुटायो सहमति
काठमाण्डौं - नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सहमति नजिक पुगेको छ । जुटेको सहमतिलाई भाषिक परिमार्जनपछि भोलि अन्तिम रुप दिइनेछ । आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको नेताहरुले बताएका छन् ।
कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको र त्यसलाई भोली अन्तिम रुप दिईने जानकारी दिए । ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो ।
झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं, उनले भने ।’ के के विषयमा सहमति भयो भन्ने विषय खुलाईएको छैन । त्यसका लागि १८ घन्टा पर्खिन उनले आग्रह गरे ।
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८ २०:१२
प्रतिक्रिया दिनुहोस्