भीमेश्वर नगरपालिकाले बनायो संस्कृति प्रतिष्ठान, अध्यक्षमा शंकरलाल श्रेष्ठ चयन
चरिकोट - भीमेश्वर नगरपालिकाले नगरस्तरिय संस्कृति प्रतिष्ठान गठन गरेको छ । नगरपालिका स्तरिय भेलाले शुक्रवार शङ्करलाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय भीमेश्वर संस्कृति प्रतिष्ठान गठन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा सुशीला न्यौपाने र सदस्यहरुमा शान्तकृष्ण श्रेष्ठ, गोपाल थामी, मुरारी दुलाल, विनिता शिवाकोटी, शिवजी प्रधान, जीवन लामा चयन भएका छन् । जसको सदस्य सचिवमा सुन्दर खड्का रहेका छन् ।
उक्त संस्थाको प्रमुख संरक्षकमा नगरप्रमुख भरत बहादुर केसी, संरक्षकमा उपप्रमुख कमला बस्नेत र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का सल्लाहकार रहनेछन् । प्रतिष्ठानले दोलखा जिल्लामा कला, साहित्य, भाषा, संस्कृति, लगायतका विषयमा विविध कार्य गर्ने बताईएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८ १७:५६
प्रतिक्रिया दिनुहोस्