Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेताहरुलाई शाक्यको प्रश्न : पिस्कर जस्ता वलिदानको ईतिहास किन बिर्सेको ?

काठमाण्डौं- नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले सिन्धुपाल्चोकको पिस्कर लगायतका वलिदानको ईतिहास नबिर्सिन आग्रह गरेकी छिन् ।  नेकपा वाग्मती प्रदेशको इन्चार्ज समेत रहेकी शाक्यले पिस्कर हत्याकाण्डमा इली थामी, वीर बहादुर थामीले बगाएको रगत, भिमान, दोरोम्बा लगायतका सबै वलिदानको ईतिहास सम्झेर काम गर्न आग्रह गरिन् ।

काठमाण्डौंमा आयोजित प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनले शहीदहरूको वलिदानको कारण अहिलेको परिवर्तन सम्भव भएको बताइन् । तर  शहीदहरूको सपना पुरा गर्नु भन्दा पार्टी र आन्दोलनमा समस्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै शाक्यले नेताहरुलाई सचेत गराइन्।

पञ्चायत, राजतन्त्र फालेर गणतन्त्र ल्याउन इली, वीर बहादुर थामी जस्ता शहीदहरूको रगत बगेको छ, भिमान्, दोरोम्बा जस्ता ठूला हत्याकाण्डमा हज्जारौंको  बलिदानी भएको छ, त्यो गौरवशाली इतिहासलाई सम्झेर सही ढंगले काम गर्नुस्, नेताहरुप्रति लक्षित गर्दै उनले भनिन् ।

नेताहरुमा सामन्तवादी संस्कार र चिन्तन नहटेको भन्दै नेतृ शाक्यले जनभावना अनुसार चल्नुपर्नेमा जोड दिइन्।  

यो पनि पढ्नुहोस्: पिस्कर संघर्षको प्रेरणादायी गाथा

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update