Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कक्षा १२ को परीक्षा साउन तेस्रो सातापछि संचालन गर्ने बोर्डको तयारी

काठमाडौँ - कक्षा १२ को परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आगामी साउन तेस्रो सातापछि गर्ने तयारी गरेको हो । परीक्षा वैशाखमा सम्पन्न गर्नुपर्ने थियो । तर कोभिड–१९ महामारीका कारण पछि सारिएको हो ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले परीक्षा सञ्चालन सहमतिका निम्ति मन्त्रालयमा पठाइसकेको जानकारी दिए । यद्यपी मन्त्रालयले स्वीकृति भने दिईसकेको छैन । साउनको तेस्रो सातापछि सञ्चालन गर्ने प्रस्ताव गरिएकाले विद्यार्थीहरु ढुक्क भएर तयारीमा लागे हुने उनले बताए ।

अधिकारीहरुका अनुसार परीक्षाको मोडल मन्त्रालयले निर्णय गरेपछि सार्वजनिक गरिनेछ । गत वर्ष आन्तरिक मूल्यांकन र लिखित गरी दुई प्रक्रियाबाट कक्षा १२ को परीक्षा लिइएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  २२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update