माथिल्लो तामाकोशी आयोजनाको प्रधानमन्त्रीबाट उद्घाटन गरिँदै
चरिकोट - ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सोमवार उद्घाटन हुने भएको छ । विद्युत उत्पादन सुरु भएर राष्ट्रिय प्रसारण लाईनमा जाडिएपछि आयोजनाको उद्घाटन गर्न लागिएको हो ।
आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार अपरान्ह ४ बजे भच्र्युअल माध्यमबाट उद्घाटन गर्ने जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए ।
आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्न निर्माण गरिएको गोगर देखि खिम्ती सम्मको ४७ किमि लामो २२०,००० भोल्टको प्रशारण लाईनमा विद्युत चार्ज गरी परीक्षण गर्ने काम भैरहेको छ । यो परीक्षण कार्य सकिएपछि आयोजनाको विधिवत उद्घाटन गरिनेछ ।
प्रकाशित मिति: आइतबार, असार २०, २०७८ १२:२७
प्रतिक्रिया दिनुहोस्