Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जनगणना अघि बढाउने तयारी

काठमाण्डौं - सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर राष्ट्रिय जनगणना कार्य सुचारु गर्ने तयारी गरेको छ । आईतवार बस्ने बैठकले सम्भवत ः यसबारे आवश्यक निर्णय लिनेछ । चालु आर्थिक वर्षभित्रै जनगणना सम्पन्न गर्ने लक्ष्य राखिएपनि कोरोना महामारीका कारण कार्यक्रम स्थागित गरिएको थियो ।

तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेलेका अनुसार केही दिनमै जनगणना सुचारु गर्नेबारे ठोस निर्णय आउनेछ । अर्थ, गृह, प्रधानमन्त्री कार्यालय, शिक्षा, वित्त आयोग, राष्ट्रिय योजना आयोगका सचिव र जनसंख्या शास्त्र, तथ्याङक शास्त्रका एकरएक जना विज्ञ सहितको समितिले जनगणना गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गरी सरकारसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषदबाट अनुमोदन भए स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर साउन र भदौभित्रमा गणना सक्ने तथ्याङ्क विभागको लक्ष्य छ । विभागले जनगणनाका लागि ९० प्रतिशत तयारीको काम सम्पन्न भैसकेको जनाएको छ ।

यसअघि विभागले सुपरिवेक्षक नियुक्त गरी पाँच दिने तालिम दिइसकेको र दुई दिनको तालिम दिन बाँकी रहेको छ । विभागले १२ औं जनगणनाका लागि ४३ हजार गणक परिचालन गर्नेछ । 

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  ००:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update