Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गृहका अधिकारी भन्छन् : सार्वजानिक यातायात संचालन गर्ने परिस्थिति बनिसकेको छैन,

काठमाडौं - स्वास्थ्य मन्त्रालयले तत्काल सार्वजानिक यातायात सञ्चालनमा ल्याउने सम्भावना नरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले अहिलेको परिस्थितीमा सार्वजनिक यातायात खुलाउने परिस्थिती नरहेको बताए ।

‘उपत्यकाबाहिर संक्रमण दर कम भएका ठाउँमा खुल्ने सम्भावना भएपनि काठमाडौंको सक्रिय संक्रमित संख्या हेर्दा खुलाउने परिस्थिती छैन’ उनले भने । जिल्लाहरुमा भने परिस्थिति र संक्रमणदरको अवस्था हेरेर सार्वजानिक यातायात संचालनमा ल्याउन सकिने उनले बताए ।

अहिले मुलुकको कोरोना संक्रमण दर झन्डै २० प्रतिशत छ । जसमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै रहेको छ । काठमाडौं जिल्लामा ४२०४, भक्तपुरमा १८३३ र ललितपुरमा २४०७ जना सक्रिय संक्रमित छन् ।

प्रवक्ता पौडेलका अनुसार काठमाडौं उपत्यकाको संक्रमण दर १० प्रतिशतमा झरे चरणवद्ध रुपमा विभिन्न क्षेत्रहरु खुलाउने तयारी गरिएको छ । ५ प्रतिशतमा झरे सार्वजनिक यातायात र विद्यालय खुलाउने आफूहरुको तयारी रहेको उनले जानकारी दिए ।

यसैबीच कोभिड १९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् ।


स्

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update