Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
यस्तो छ, तामाकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट

चरिकोट - दोलखाको तामाकोसी गाउँपालिकाले आगामी नयाँ आर्थिक वर्षका लागि ७० करोड ७४ लाख ६४ हजार ४३ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजानिक गरेको छ । गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष उर्मिला खड्काले आगामी आर्थिक वर्षको निति कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटमा स्वास्थ्य सरसफाइ तथा खानेपानीमा ५ करोड, कृषि सिञ्चाइ तथा पशु विकासतर्फ ४ करोड, शिक्षातर्फ २ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यस्तै सडक यातयात तथा पुर्वाधार विकासतर्फ ४ करोड, वन वातावरण तथा भु संरक्षणतर्फ ६५ लाख, कला संस्कृति पर्यटनतर्फ ३० लाख, उर्जातर्फ ३८ लाख, आर्थिक तथा सामाजिक विकासमा २ लाख, युवा तथा खेलकुद विकासमा १ करोड, सुचना तथा सञ्चार प्रविधि तर्फ ६५ लाख, सुशासन सार्वजनिक सेवा प्रावहमा १० लाख रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

राजश्व संकलन तथा परिचालनमा ५ लाख, लक्षित वर्ग २ करोड ४५ लाख, जोखिम तथा प्रकोप व्यवस्थापन १० लाख थप गरि ५० लाख पुर्याउने बजेटमा उल्लेख छ ।

गाउँपालिकाले उद्योग तथा वाणीज्य ५ लाख, सहकारी तथा संघ संस्था १५ लाख, कानुन तथा न्याय सम्पादन ३० लाख, कर्मचारी कल्याण कोष १० लाख, आर्थिक सहायता तथा चन्दा पुरस्कार कोष ५ लाख, वडा पुर्वाधार व्यवस्थापन कार्यक्रमका लागी प्रत्यक वडामा ५ लाख रुपैयाँका दरले ३५ लाख, समपुरक तथा विविध कोषका लागी ६ करोड र आकस्मीक निर्माण तथा मर्मत कोषलाई ५० लाख विनियोजन गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update