Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बैतेश्वर गाउँपालिकाको बजेट ४७ करोड ९१ लाख

नवीनकुमार खतिवडा
मैनापोखरी - दोलखाको वैतेश्वर गाउँपालिकाको नवौ गाउँसभामा ४७ करोड ९१ लाख २८ हजार ७ सय १ रुपैयाँ बरावरको बजेट पेश भएको छ । गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक रविचन्द्र आचार्यले आगामी आव २०७८र७९ का लागि ४४ बुँदे निति तथा कार्यक्रम सहित उक्त बजेट प्रस्तुत गरेका हुन् ।

जसमा चालुतर्फ १० करोड ९५ लाख, पुजिगत तर्फ १६ करोड २९ लाख ३३ हजार ७ सय २ र शसर्त तर्फ २० करोड ६६ लाख ९५ हजार रहेको छ । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष आचार्यले पूर्वाधार विकास तर्फ १३ करोड ५ लाख ३३ हजार ७ सय १, संस्थागत विकास र सेवा प्रवाहका लागि १० करोड ९५ लाख, सामाजिक तथा शुसाशन विकास २ करोड ३६ लाख, वातावरण तथा विपद ब्यबस्थापनका लागि ३० लाख, कृषि पशु र भेटेरीनरीको लागि ५८ लाख र संघ तथा प्रदेश बाट प्राप्त शसर्त अनुदान २० करोड ६६ लाख ९५ हजार बराबर रहेको जानकारी दिए ।

यसैबीच २०७८।७९ को लागि गाउँसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक रविचन्द्र आचार्यद्वारा प्रस्तुत बैतेश्वर गाउँपालिकाको ४४ बुँदे नीति तथा कार्यक्रम आजकै सभाले पारित समेत गरेको छ । गाउँपालिका अध्यक्ष लामाका अनुसार गाउँसभाको यही असार २८ गते बस्ने अर्को बैठकले बिनियोजित बजेट पारित गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update