Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपाल तर्फ क्षति हुन नदिन थुनिएको ताल खोल्न चिनियाँ टोली सक्रिय

चरिकोट - अविरल वर्षासँगै चीन र दोलखाको सिमा क्षेत्र स्थित थुनिएको रोङ्सीखोला खुलाउन चिनियाँ टोली खटिएको छ । नेपालतर्फ क्षति हुन नदिन चीनले नदी खुलाउन सक्रियता देखाएको हो ।

उक्त नदी थुलिएको सूचना सार्वजानिक भएपछि शुक्रबार रातीदेखि तामाकोसी नदीको तटिय क्षेत्रका बासिन्दा त्रासमा छन् । पहिरोले थुनिएको रोङ्सीखोला तामाकोशी नदीसँग जोडिएको छ ।

पहिरोले खोला थुनिएपछि बनेको ठुलो ताल खुलाउन चिनियाँ टोलीले प्रयास गरिरहेको छ । ताल फुटेर एकैसाथ तामाकोशीमा मिसिदा तटीय क्षेत्रमा बाढीको जोखिम छ । स्थानीय प्रशासनका अनुसार शनिबार बिहानदेखिनै चीनियाँ पक्षले खोला खुलाउन प्रयास गरिरहेको छ ।

नेपालतिरबाट खोला थुनिएको ठाउँमा जान सम्भव नभएकाले चीनको टोली परिचालन भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । कुनै पनि बेला थुनिएको खोला फुट्ने खतरालाई मध्येनजर गर्दै माथिल्लो तामाकोशी जलवद्यिुत आयोजनाको ड्यामपनि खोलिएको छ ।

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update