Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मन्त्री बस्नेतद्धारा एक करोड बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण

चरिकोट – वाग्मती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले दोलखा जिल्लाका लागि १ करोड बरावरको स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । मन्त्रालयले भेन्टिलेटर, मोबाईल एक्सरे मेसिन, अक्सिजन कन्सेन्टेटर, अक्सिजन सिलिण्डर, डेड बडी ब्याग लगायतका स्वास्थ्य समाग्री उपलव्ध गराएको हो ।

यस्तै डिजिटल थर्मोमिटर, पल्स अक्सिमिटर, सर्जिकल तथा अन्य गरी करिब ७० हजार वटा माक्स, ग्लप्स्, स्यानिटाईजर, गाउन लगायतका सामाग्री आज जिल्लालाई हन्तान्तरण गरिएको छ । सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले जिल्ला समन्वय समिति प्रमुख डवल पाण्डेलाई एक कार्यक्रमकाबीच उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिन् ।

मन्त्री बस्नेतका अनुसार उक्त स्वास्थ्य सामाग्रीहरु करिब एक करोड रुपैयाँ बरावरको रहेको छ । ती स्वास्थ्य सामाग्रीहरु स्वास्थ्य कार्यालयमार्फत जिल्लाका ९ वटै स्थानीय तह, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा पठाईनेछ । प्रदेशका अन्य जिल्लाहरुमा पनि सोही परिमाणमा स्वास्थ्य सामाग्री पठाईसकिएको मन्त्री बस्नेतको भनाई छ ।

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएकी मन्त्री बस्नेतले आजै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र चरिकोट प्रादेशिक अस्पतालको पनि अवलोकन गरेकी छन् ।

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update