Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेसमा क्रियाशील सदस्यता बढाउने होड, १०  लाख नाघ्ने अनुमान !

काठमाडौं - आसन्न महाधिवेशनको तयारी स्वरुप नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानविन सुरु गरेको छ । भदौमै १४ औं महाधिवेशन गर्ने कांग्रेसको तयारी छ। त्यसका लागि कांग्रेसले निश्श्चित मापदण्ड बनाएर क्रियाशील सदस्यता छानबिन गर्न लागेको हो । केन्द्रीय पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेको थियो ।

जस अनुसार असार मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउनुपर्ने भएपछि छानविन प्रक्रिया सुरु गरिएको हो । कांग्रेसको विधान अनुसार पार्टीको स्थानीयदेखि केन्द्रीय नेतृत्वसम्म चयन प्रक्रिया सुरु गर्नुअघि क्रियाशील सदस्यता टुंग्याउनुपर्ने हुन्छ । १३ औं महाधिवेशनमा पाँच लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा यसपटक दोब्बर बनाइएको छ । यो संख्या १४ औं महाधिवेशनमा १० लाखभन्दा बढी हुने अनुमान छ ।

कांग्रेसभित्र क्रियाशील सदस्यताको विषयलाई लिएर हरेक महाधिवेशनमा चर्को विवाद हुने गरेको छ । क्रियाशील सदस्यमार्फत नै वडादेखि केन्द्रीय नेतृत्वसम्म चयन हुने कांग्रेसको बैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update