Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रदेश सरकारको नेतृत्वमा कांग्रेसको ईन्ट्री, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल

पोखरा - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

प्रदेशप्रमुखले संविधान वमोजिम नियुक्तीको निर्णय गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले जानकारी दिए । पोखरेललाई मुख्यमन्त्रीमा नियुक्तीको माग गर्दै विपक्षी सांसदहरु प्रदेशप्रमुखको कार्यालय अगाडी धर्नामा बसेका थिए ।

त्यसअघि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरे बमोजिम विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले पनि जनता समाजवादी पार्टी (जसपा) को प्रदेश कमिटी र राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update