काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको प्रतिबद्धता जनाएका छन् । उनले सबैलाई पार्टी एकतामा आउन आह्वान समेत गरेका छन् ।
पार्टी अध्यक्ष ओलीले आफु एकताका लागि पार्टी संरचनालाई जेठ ३ को अवस्थामा फर्काउन तयार रहको प्रष्ट पार्दै शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लगायतका विषय एकमुष्ठमा समाधान हुनुपर्ने उल्लेख गरेका छन् ।
उनले तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने र कुनै पुर्वाग्रहका आधारमा विभेद नगर्ने पनि बताएका छन् ।
आइतबार पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले यस्तो आव्हान गरेका हुन् । ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने समेत बताएका छन् ।