काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई सहभाागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री बनेका छन् ।
पुनर्गगठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीपछि सबैभन्दा माथिल्लो वरियतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् । यसअघिका उपप्रधानमन्त्री ईश्वर पोखरेल बहिर्गमनमा परेसँगै पौडललाई माथिल्लो वरियता मिलेको हो ।
पौडेलपछिको वरियतामा रघुवीर महासेठ रहेका छन् । उनी राजेन्द्र महतोभन्दा माथिल्लो वरियतामा छन् । मन्त्रीहरुको वरियतामा जनता समाजवादी पार्टीका शरदसिंह भण्डारी सबैभन्दा अगाडि छन् ।
उनीपछाडि क्रमशः कृष्णगोपाल श्रेष्ठ, अनिलकुमार झा र शेरबहादुर तामाङ रहेका छन् ।
हेर्नुस मन्त्रीहरुको वरियताअनुसार राष्ट्रपति कार्यालयले जारी गरेको नामावली :