देउवाको आरोप : सरकारले मनपरी गर्न थाल्यो
भैरवाहा — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मनपरी ढंगले काम गर्न थालेको आरोप लगाएका छन् । नीतिगत निर्णयको नाममा सरकारले मनपरी गर्न थालेको उनले बताए । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले नीतिगत निर्णयको नाममा मनपरी ढंगले काम गरिरहेको आरोप लगाए ।
सभापति देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने विषय नभएकाले यसमा संलग्न कसैलाई छाड्न नहुने बताए। यो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने भन्दै देउवाले त्यसमा नेपाली कांग्रेसले पनि खोजी गर्ने बताए।
यस्तै अर्को प्रसंगमा उनले पार्टीलाई मजबुत बनाउने समय आएको र पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने आफ्नो पनि दायित्व भएको बताए।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६ १५:१४
प्रतिक्रिया दिनुहोस्