काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड—१९) को संक्रमण तिव्र गतिमा फैलिरहेको छ । धेरैजसो होम आइसोलेशनमा छन् । बिभिन्न खोपहरु प्रयोगमा आएपनि संक्रमित बिरामीका लागि औषधिको विकास भइसकेको छैन ।
खोपको प्रभावकारीतामा प्रश्न त छँदैछ, सबैको पहुँचमा पनि छैन । आइसोलेशनमा बस्नेहरु कोठामा सीमित हुँदा कसरी कोरोना मुक्त हुने भन्ने चिन्ताले धेरैजसोलाई सताइरहेको हुन्छ ।
होम आइसोलेशन वा आइसोलेसन वार्डमा बस्ने संक्रमितले घरेलु जडीबुटी सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने चिकित्सकहरुको सुझाव छ । एकान्तवास वा आइसोलेशनमा बस्नेहरुलाई चिकित्सकहरुले यस्तो टिप्स दिएका छन् :
— मनलाई शान्त बताउनु पर्छ । मन शान्त बनाउनका लागि बिहान उठ्ने बित्तिकै प्रणायाम गरौं । लामो सास लिने, जतिसक्दो रोक्ने, त्यसपछि सास फाल्ने क्रम कम्तीमा १५ मिनेट गर्नुपर्छ ।
— कोरोना पोजेटिभ भएकाहरुले दुई घण्टाको अन्तरमा ५ देखि १० मिनेट प्राणायाम गर्नुपर्छ । शरीरमा अक्सिजनको मात्रामा बढाउन पनि प्राणायाम अभ्यासले सहयोग गर्छ । कोभिड मुक्त भएर आइसियू, भेन्टिलेटरबाट निस्किएकाहरुले पनि यो गर्दा राम्रो हुन्छ ।
— प्राणायाम गर्दा म कोरोना मुक्त हुँदैछु÷ठिक हुँदैछ । मेरो छाती एकदम ठिक छ भन्दै आफैलाई मोटिभेट गर्ने ।
— १ लिटर पानीमा ३÷४ वटा पुदिना र तुलसीको पात र ३ देखि ५ ग्राम बेसार हालेर उमालेर त्यसको बाफ ५ देखि १० मिनेटसम्म दिनको एक वा दुई पटकसम्म लिने ।
— झोल कुरा प्रशस्त खाने, दुई लिटरमा पानीमा आधा ग्राम पिपला राख्ने, सुठो, अदुवा, तुलसीका पाँच वटा पातलाई थिचेर पानीमा उमालेपछि पिउने ।
— मनतातो पानीमा नून हालेर दिनको ४ देखि ६ पटकसम्म कुल्ला गर्ने ।
— सुख्खा खोकी वा घाँटी खसखस भएको खण्डमा १ ग्राम ल्वाङ्गको धूलोलाई मह वा मिश्रीसँग मिसाएर २ देखि ३ पटक सेवन गर्ने ।
— मुगको दाल बनाएर प्रशस्त मात्रामा सेवन गर्ने । दाल, भात, तरकारी खाने तर, भातभन्दा बढी गहुँको रोटीलाई खानामा समावेस गर्ने ।
— अहिलेको अवस्थामा कुनै पनि फलफुल प्रशस्तमात्रामा खाने, भिटाभिन सी प्राप्त गर्नका लागि अमला सेवन गर्ने, कागती निचोरेर पानी राखेर नियमित रुपमा पिउने ।
— चित्रक हरितकी १ चम्चा ९३ देखि ६० ग्राम बिहान बेलुका मनतातो पानी वा मनतातो दूधसँग सेवन गर्र्ने ।
— यष्टीमुध चूर्ण १ चम्चा ९२ दुई देखि ४० ग्राम मनतातो पानीसँग दिनको दुई पटक सेवन गर्ने ।
— महासुदर्शन चूर्ण ९३ देखि ६० ग्राम वा काढा पकाएर ४० एमएल बिहान बेलुका, बिशेष गरेर ज्वरो आएकोमा पिउने ।
जथाभावी आयुर्वेदिक औषधि सेवन गर्दा स्वास्थ्यमा जटिल समस्या पनि हुन सक्छ । धेरै मानिसलाई आयुर्वेदिक औषधि जति सेवन गरे पनि समस्या हुँदैन भन्ने एक किसिमको भ्रम छ । काठको औषधि बाहेक रस औषधिको जथाभावी सेवन गर्दा मिर्गौला, मुटु, कलेजो लगायतका अंगहरुलाई नोक्सान पु¥याउन सक्ने भएकाले विषेशज्ञको सल्लाह बेगर त्यस्ता औषधि सेवन गर्नु हुँदैन ।