Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेलले किन दिए राजीनामा ?

काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । संसदीय दलको आइतबार बिहान बसेको बैठक बसेपछि उनले प्रदेशप्रमुख समक्ष राजीनामा दिएका हुन् । मुख्यमन्त्री चयनको नयाँ प्रक्रिया सुरु गर्नुपर्ने भएकाले उनले राजीनामा दिएको बताईएको छ ।

मुख्यमन्त्री पोखरेलले दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने बताएका छन् । नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले नयाँ प्रक्रियाका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्रीले राजीनामा दिएको बताए ।

जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत छ । लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुखसहित), जसपाका २ र राजमोका १ सांसद छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update