दोलखामा १३ जनालाई कोरोना भाईरसको सक्रिय संक्रमण
चरिकोट – दोलखामा केही दिनको अन्तरालमा १३ जना कोरोनाका संक्रिय संक्रमित छन् । शुक्रवार थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
शुक्रवार भीमेश्वर नगरपालिकाका दुई जना पुरुष र शैलुंग गाउँपालिकाका एक जना महिलामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएसँगै हालसम्म भीमेश्वर नगरपालिकामा ६ जना, शैलुंग गाउँपालिका ३ जना जिरी नगरपालिकाका २, बैतेश्वर गाउँपालिकाका १ र तामाकोशी गाउँपालिकाका १ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्यका अधिकारीहरुका अनुसार उनीहरु आईसोलेसनमा छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८ १७:२९
प्रतिक्रिया दिनुहोस्