काठमाडौं - गृह मन्त्रालयले भोलिदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन सडकमा भिडभाड देखिएपछि निषेधाज्ञा कडाई गर्न लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले दोस्रो दिनबटा निषेधाज्ञामा कडाई गरिने बताए ।
निषेधाज्ञाको पहिलो दिन भएकाले धेरैलाई यसको प्रोटोकलबारे जानकारी नभएकाले उल्लंघन भएको हुनसक्ने उनले बताए । दोस्रो दिनपनि निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानूनी कारवाही गर्ने उनको भनाई छ ।
सरकारले काठमाण्डौंमा दुई साताका लागि निषेधाज्ञा जारी गरेपनि पहिलो दिन सवारी साधनको चाप देखिएको थियो । बैंक तथा वित्तिय संस्था, सहकारी, सरकारी कार्यालय, सञ्चारगृहका कार्ड तथा खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री ढुवानी गर्नेहरुलाई निषेधाज्ञा खकुलो बनाईएको छ । जसका कारण पनि चहलपहल बढी देखिएको अधिकारीहरुको दावी छ ।