हेटौंडा — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलले तीन जनालाई मन्त्री र एकजना राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरेका हुन् ।
विस्तारित मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी केशव पाण्डेले पाएका छन् । त्यस्तै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारी बन्ने तय भएको छ । आजै ४ बजे सपथग्रहण हुने बताइएको छ ।
मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्तासंगै तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरुमा राज्यमन्त्रीको समेत व्यवस्था गरी प्रदेश सरकार पुनर्गठन गरिएको हो । गत पुस १० गते आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएपछि मन्त्रालयहरु मन्त्रीविहीन थिए ।
वाग्मती प्रदेशमा एमालेको एकल बहुमत छ । कुल ११० सांसद रहेको वाग्मतीमा एमालेको ५७ सांसद रहेका छन् ।