Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एमाले दोलखाको अधिवेशन आयोजक कमिटी घोषणा, स्थानीय तहको नेतृत्व पनि टुंगियो (नामावलीसहित)

चरिकोट - नेपाल कम्युनिष्ट पार्टी एमाले दोलखाले जिल्ला अधिवेशन आयोजक कमिटी घोषणासंगै स्थानीय तहको नेतृत्व टुंगो लगाएको छ । सदरमुकाम चरिकोटमा आयोजित विस्तारित बैठकले जिल्ला र ९ स्थानीय तहको पदाधिकारी सहितको कमिटि टुंग्याएको हो ।

कार्यक्रममा जिल्ला अध्यक्ष इश्वरचन्द्र पाखरेलले जिल्ला अधिवेशन आयोजक कमिटी र पालिका स्तरीय कमिटीको नाम घोषणा गरे । उनीहरुलाई एमाले वागमती प्रदेश कमिटीका सह इन्चार्ज काशीनाथ अधिकारीले मंगलवार नै पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् । सपथ खुवाउँदै अधिकारीले कोरोनाको जोखिमका कारण प्रोटोकलको पालना गरेर सुरक्षित ढंगले पार्टी गतिविधि गर्न कार्यकर्तालाई निर्देशन दिए ।

एमाले केन्द्रीय सदस्य तथा संचारमन्त्री पार्वत गुरुङ र केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले केही असन्तुष्ट नेता कार्यकर्ताहरुलाई समेत मिलाए लैजाने पहल भैरहेको भन्दै दोलखा जिल्लालाई एमालेको लालकिल्लाको रुपमा रहेकाले ढुक्क रहेर पार्टी काममा परिचालित हुन आग्रह गरे । विस्तारित बैठकलाई एमाले जिल्ला सचिव नरबहादुर श्रेष्ठ, नेता लालकुमार केसी, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, लगायतको सम्वोधन गरेका थिए ।

यस्तो छ, कार्यविभाजन
जिल्ला अध्यक्ष : इश्वरचन्द्र पोखरेल
सचिव : नर बहादुर श्रेष्ठ

गौरीशंकर गापा ईन्चार्ज :स्वयम बहादुर खड्का
अध्यक्ष : जंग गुरुङ
सचिव: देवराम बुढाथोकी

बैत्यश्वर गापा ईन्चार्ज : ऋषिकेश उप्रेती
अध्यक्ष : माधव प्रसाद घिमिरे
सचिव : माधव प्रसाद दहाल

तामाकोशी गाउँपालिका ईन्चार्ज : जीवसराज खड्का
अध्यक्ष : नारायणध्वज खड्का
तामाकोशी गाउँपालिका सचिव। होम बहादुर श्रेष्ठ

मेलुङ गाउँपालिका ईन्चार्ज : हीरा थोकर
अध्यक्ष : अम्बिका गोले
सचिव : ललित बस्नेत

शैलुङ गाउँपालिका ईन्चार्ज : धन बहादुर तामाङ
अध्यक्ष : थिर बहादुर मोक्तान
सचिव : गणेश बहादुर कार्की

भीमेश्वर नपा ईन्चार्ज : हरिवंश चौलागाई
अध्यक्ष : ज्ञानेन्द्र प्रधान
सचिव : रामचन्द्र बस्नेत

जिरी नपा ईन्चार्ज : टपेन्द्र खड्का
अध्यक्ष : टंक ब. जिरेल
सचिव : शम्भुप्रसाद दहाल

कालिञ्चोक गापा ईन्चार्ज : विनकुमार थामी
अध्यक्ष : इश्वरी दहाल
सचिव : होम थामी

विगु गापा ईन्चार्ज : सुन्दर विक
अध्यक्ष : टेकमान तामाङ
सचिव : लोक बहादुर नेपाली

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update