मलेसियाका प्रधानमन्त्री महाथिरद्धारा पदबाट राजीनामाको घोषणा
क्वालालम्पुर ( मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले ट्वीटमार्फत राजीनामाको घोषणा गरेका हुन् । चार दशकदेखि मलेसियाली राजनीतिको केन्द्रमा रहेका ९४ वर्षका महाथिर विश्वका सबैभन्दा जेष्ठ उमेरका प्रधानमन्त्री थिए । उनी सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री थिए । २०१८ मा नजीब रज्जाहलाई हराएर फेरि सत्तामा आए ।
त्यसबेला उनले अनवर इब्राहिमसँग गठबन्धन गरेका थिए । महाथिरले पनि समय आएपछि सत्ता सुम्पने आश्वासन लिएका थिए । पछिल्लो समय त्यही विषयलाई लिएर महाथिर र ७२ वर्षीय अनवर इब्राहिमबीच विवाद बढेको बताइएको छ । त्यही कारण उनले सुल्तान अब्दुल्ला अहमद शाहसमक्ष राजीनामा दिएका हुन् । तर महाथिर नयाँ गठबन्धन बनाएर फेरि सत्तामाआउने अनुमान पनि हुन थालेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६ १३:५१
प्रतिक्रिया दिनुहोस्