Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित गराउने माधव पक्षको प्रतिबद्धता !

काठमाडौं - नेकपा (एमाले) को माधव नेपाल पक्षका केही सांसदहरुले फ्लोर क्रस गरेर भएपनि प्रधानमंत्री केपी शर्मा ओलीलाई हटाउन  प्रतिबद्धता जनाएको सूचना बाहिरिएको छ । उक्त सूचनाको सुईको पाएपछि एमालेले ती सांसदहरुलाई निष्कासनको तयारी गरेको छ ।

एमाले स्रोतका अनुसार  माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही गर्न केन्द्रीय कमिटीको आकस्मिक बैठक बसेको हो ।

माधव नेपाल र झलनाथ खनाल पक्षले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना बालुवाटार पुगेको हो ।

सम्सोभवत: सोही बैठकले स्पष्टीकरण सोधिएका सांसदहरुमाथि कारवाही प्रक्रिया अघि बढाउनेछ । कारवाहीको प्रकृतिबारे प्रष्ट पारिएको छैन ।

एमालेको विधानमा दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update