Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको जिरीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

जिरी - दोलखाको पर्यटकीय नगरी जिरीमा जिल्ला स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको वाग्मती प्रदेशसभा सांसद पशुपति चौलागाईले उद्घाटन गरे ।

जिल्ला खेलकुद विकास समितिद्धारा संचालित प्रतियोगिता जिरी नगरपालिका ६ स्थित जिरी माविको प्रांगणमा सुरु भएको हो । प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहका खेलाडीहरुले सहभागिता जनाएका छन् ।

वैशाख १२ गतेसम्म संचालन हुने प्रतियोगितामा छात्रछात्रा भलिवल, दौड, लङजम्प, त्रिपल जम्प, हाईजम्प लगायतका खेलहरु हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने टिमले नगद २५ हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्धितिय र तृतीय हुने समुहले क्रमशः १५ हजार र १० हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा मन्तव्य राख्दै स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेता, खेलकुद विकास समितिका पदाधिकारी लगायतले खेलकुद क्षेत्रको प्रवद्र्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update