काठमाडौँ - नेकपा एमालेले पुर्व माओवादी नेताहरुलाई समेटेर स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा बृिकाृ दशौं महाधिवशेन आयोजक कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
स्थायी कमिटी सदस्यहरुमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहेका छन् ।
स्थायी कमिटीमा झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् । बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय भएको जनाईएको छ ।
यसैबीच नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । माधव नेपाल पक्षधर केन्द्रीय सदस्य बाहेकको जिम्मेवारी बाँडफाँड गरिएको हो । नेपाल पक्षका नेताहरुलाई पार्टीको मूलधारमा फर्किएपछि उपयुक्त जिम्मेवारी दिइने वताईएको छ ।
अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् । त्यस्तै विष्णु पौडेल संगठन विभाग प्रमुख भएका छन् । रामबहादुर थापा ‘बादल’ लाई वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभाग प्रमुखको जिम्मेवारी दिईएको छ ।