जसपाका नेता कार्यकर्ता बिरुद्धको मुद्धा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय
काठमाण्डौं - सरकारले जसपाका नेता कार्यकर्ताहरुमाथि लागेको मुद्धा फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मधेस तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।
केही दिनअघि जसपाको माग पूरा गर्न सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेता महन्थ ठाकुर लगायतबीच भएको छलफलमा मुद्दा फिर्ता लिने सहमति भएको थियो ।
सोही अनुसार जसपाले विभिन्न २४ किसिमका मुद्दामा २०८ जनाको मुद्दा फिर्ता लिन गृह मन्त्रालयमार्फत प्रक्रिया अघि बढाएको थियो । जसपाका एक केन्द्रीय सदस्यका अनुसार आफूहरुले बुझाएको सूचीमध्ये केहीको मुद्दा फिर्ता भएको जानकारी आईसकेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८ १३:१५
प्रतिक्रिया दिनुहोस्