काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको दोहोर्याएका छन् ।आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएपनि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बने पछि पनि नहट्ने बताए । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा सरकार बहुमतकै अवस्थामा रहेकाले अनुकुल वातावरण बनिनसकेको उनले बताए । ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिनु भएको छैन ।
बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन,’ त्यसकारण हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा छैन, देउवाले भने । अहिलेको तरल राजनीति कता जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको भन्दै देउवाले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने तर्क पनि गरे ।