Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानमन्त्रीको जन्मोत्सवले ततायो सामाजिक सञ्जाल

काठमाडौं - प्रधामन्त्री केपी ओलीले आफ्नो ६९औं जन्मोत्सव मनाएको विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ । तेह्रथुमस्थित आफ्नो जन्मघर पुगेर तामझामका साथ मनाईएको जन्मोत्सब सामाजिक सञ्जालमा व्यापक आलोचनाको विषय बनेको हो । प्रधानमन्त्री ओलीको जन्मोत्सव कार्यक्रमलाई लिएर दुई विषयमा बढी आलोचना र आक्रोश व्यक्त भइरहेको छ। आफूलाई सर्वहारा वर्गको पार्टी दाबी गर्ने कम्युनिस्ट पार्टीको अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले ठूलो खर्च गरी राजसी शैलीमा जन्मदिन मनाउनु शोभनीय नभएको प्रतिक्रिया आएको छ। आलोचनाको अर्को विषय बनेको छ केकमा प्रयोग गरिएको नेपालको नक्शा।

नेपाल नक्शा अंकित केक काटेर जन्मोत्सव बनाएको विषयले यतिबेला सामाजिक संजाल पुरै तरंगित भएको छ। फेसबुक र ट्वीनटरमा अधिकांशले प्रधानमन्त्री जस्तो राष्ट्रकै प्रतिष्ठित व्यक्तित्वले नेपाल नक्शा अंकित‘ वर्थडे केक’काट्नु उचित नभएको प्रतिक्रिया जनाएका छन्। तेह्रथुममा हेलिकोप्टर चार्टड गरेर केक पुर्यािएकोमा पनि धेरैले आक्रोश व्यक्त गरेका छन्।

राजनीतिक नेता कार्यकर्ताले मात्र होइन, विभिन्ने पेसाकर्मी, कलाकार र सर्वसाधरणले समेत जन्मोत्सव प्रधानमन्त्री को यो शैलीको कडा आलोचना गरेका छन्। सत्तारुढ दलका नेता, कार्यकर्ता कोही बचाउमा उत्रिएका छन् भने कसैले असन्तुष्टि पोखेका छन्।

गत महिना बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले पार्टीका नेता, कार्यकर्ताले विवाह, ब्रतबन्ध जन्मदिन जस्ता समारोह मनाउने तरिकाबारे आचारसंहिता बनाएको थियो । प्रधानमन्त्री ओलीको जन्ममोत्सवलाई त्यससँग जोडेर पनि प्रतिक्रियाहरु आएका छन्।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update