Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मेगा बैंकले क्यूआर भुक्तानी सेवा तीब्र रुपमा बिस्तार गर्दै

काठमाडौं - मेगा बैंकले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्था विस्तार गर्ने क्रम तीब्र बनाएको छ । नगदरहित कारोबारलाई क्रमशः बिस्थापन गरी डिजिटल भुक्तानीलाई प्रबर्धन गर्न मेगा बैंकले उक्त अभियान अघि बढाएको हो । जस अनुसार मेगा बैंकले आईतवार काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्यूआर कोडबाट भुक्तानी गरी सेवाको औपचारिक शुभारम्भ गरे । कार्यक्रममा ८० जना तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेलले डिजिटल माध्यमबाट भुक्तानी गर्ने अन्तराष्टिय अभ्यास नेपालमा तीव्र विस्तार हुनुले नेपाल पनि आधुनिकीकरण तर्फ गइरहेको धारणा राखे ।

बैंककी सिइओ खुञ्जेलीले नोटबाट कारोबार गर्दा कोरोना संक्रमणको समेत जोखिम रहेकाले डिजिटल भुक्तानीलाई मेगा बैंकले प्राथमिकता दिइरहेको बताईन् । उनका अनुसार क्यूआर कोडबाट कारोबार गर्दा उत्पादक, बिक्रेता तथा खरिदकर्ता सबैलाई बैकिङ्ग प्रणालीमा जोडिनु पर्ने पारदर्शीता प्रणालीका कारण कारोवारमा समस्या हुन्न ।

सहुलितपूर्ण महिला उद्यमी कर्जा, कृषि कर्जा लगायतको माध्यमबाट नेपालमा उत्पादनको वातावरण सिर्जना गर्न मेगा बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता बैंकका अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update