Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चार माओवादी सांसदको प्रष्टिकरण : पद गुमाएपनि एमालेमै रहन्छौं,

जनकपुर - नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका चारजना प्रदेशसभा सदस्य माओवादी केन्द्र नफर्किने भएका छन् । माओवादी संसदीय दलका नेतासहित ४ जना सांसद एमालेमै रहने भएपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही प्रक्रिया थालेको छ ।

उनीहरुमध्ये तीनजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । माओवादी केन्द्रबाट धनुषा १ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, बारा क्षेत्र नम्बर ३ को क बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट ३ को ख बाट निर्वाचित कुन्दनप्रसाद कुशवाहले पार्टी नफर्किने प्रष्टिकरण दिएका छन् ।

बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले बनेका छन् । एमालेमै रहने भएका कारण स्पष्टिकरणको लिखित जवाफ नदिएको उनीहरुको अडान छ ।

एमालेमै रहने र स्पष्टिकरणको जवाफ नआएपछि उनीहरुको पद रिक्त गराउने प्रक्रियामा जाने माओवादी संसदीय दलका प्रमुख सचेतक दिलिप साहले बताए । माओवादी केन्द्रले राजनीतिक दल सम्बन्धी ऐनको प्रयोग गरि एमालेमा प्रवेश गरेका चारजना प्रतिनिधिसभा सदस्यको पद रिक्त गराइसकेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update