काठमाण्डौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार गठन हुने दावी गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नरहने बताए ।
जनतालाई दुस्ख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयास भैरहेको उनको भनाई छ । ‘केही दिनभित्रै कालो बादल हट्छ,’ ‘यो प्रयास निरन्तर रुपमा अघि बढाइरहेका छौ प्रचण्डले भने ।’
प्रचण्डले देशलाई अप्राकृतिक रुपमा विखण्डित गर्ने प्रयास राष्ट्र र जनताकै लागि निकै पीडा भएको उल्लेख गर्दै जबरजस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलेको बताए । उनले ७० प्रतिशत पार्टीको संसदीय संख्याले संविधान र ऐन अनुकूल गरेको निर्णय सेटिङमार्फत् आधिकारिकतालाई सरकारले खारेज गरेको धारणा राखे ।
हटाइसकेको प्रधानमन्त्री र पार्टी अध्यक्षलाई फेरि कायम राखिएको भन्दै उनले आपत्ती जनाए । उनले पूर्वएमालेको भोट माओवादीलाई र पूर्वमाओवादीको भोट एमालेलाई परेको स्मरण गर्दै अहिले त्यो भोट छुट्याउन सकिन्छ ? भन्दै प्रश्न गरे ।