Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेस नेतृत्वमा सरकार बनाउने प्रस्तावमा जसपाले सहमति जनाएन

काठमाडौं - नयाँ सत्ता समीकरणबारे छलफल गर्न बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको तीन दलीय बैठक निष्कर्षविहिन भएको छ । कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा नयाँ सरकार गठनबारे निर्णय लिन जसपाले समय मागेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने पार्टीको निर्णयबारे जानकारी गराएका थिए । त्यसपछि जनता समाजवादी पार्टीले कांग्रेसको प्रस्तावबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएपछि बैठकमा कुनै ठोस सहमति नभएको सहभागि एक नेताले जानकारी दिए ।

आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको प्रस्तावमा जसपामा केही नेताहरु सकारात्मक नदेखिएको स्रोतले जनाएको छ । जसपाका केही बरिष्ठ नेताहरु आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्ने पक्षमा छन् । बैठकमा सकारात्मक छलफल भएको र जसपाको निर्णयपछि पुन ३ दलको बैठक बस्ने सहमति भएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update