Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माओवादीबाट पदमुक्त भएका सांसदहरुलाई पुन मन्त्रीमा नियुुुुुुक्त गर्ने तयारी

काठमाडौं - नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि पदमुक्त भएका सांसदहरुलाई पुन मन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ । प्रतिनिधिसभा सदस्य पदबाट मुक्त भएपछि चारजना मन्त्रीहरु मन्त्रालय गएका छैनन् ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार उनीहरुलाई पुनः सोही मन्त्री पदमा पुनर्नियुक्ति गर्ने तयारी छ । त्यसपछि मात्रै मन्त्रालय उपस्थित हुने उनीहरुले बताएका छन् । प्रतिनिधिसभा सदस्य नरहेपछि मन्त्रीबाट स्वतः पदमुक्त हुने संवैधानिक प्रावधान छ ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिन लागिएको हो । मणि थापा र दावा लामा सोही व्यवस्था अनुसार मन्त्री भएका हुन् ।

६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउने भएका छन् । स्रोतका अनुसार उनीहरु प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध कानूनी उपचार खोज्नेबारे समेत छलफलमा छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update