काठमाडौँ - नेकपा एमालेले असन्तुष्ट पक्षका नेताहरुलाई समेत समेटेर संसदीय दलको बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो ।
जसमा असन्तुष्ट नेता माधव कुमार नेपाल र झलनाथ खनालपनि छन् । तीन जना पछि मनोनयन गर्ने गरी आज २४ सदस्यीय बोर्ड गठन भएको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । त्यसमा प्रमुख सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल रहेका छन् ।
यस्तै बैठकले गुटगत भेलामा जाने सांसदलाई सचेत गराउने र अटेर गरेमा कारबाही गर्ने निर्णय गरेको तामाङले बताए ।
एमाले संसदीय बोर्ड सदस्यहरू :
केपी शर्मा ओली
झलनाथ खनाल
माधवकुमार नेपाल
सुवास नेम्वाङ
शेरबहादुर तामाङ
रघुवीर महासेठ
भुपेन्द्र थापा
खेम लोहनी
सरिता दाहाल
विमला विक
राधा ज्ञवाली
बिन्दा पाण्डे
विशाल भट्टराई
सुमन प्याकुरेल
शान्ता चौधरी
विमला राई पौडेल
राजेन्द्र राई
मोहन बानियाँ
नारदमुनि राना
विद्या भट्टराई
दामोदर भण्डारी
रेखा झा
छविलाल विश्वकर्मा
खिमलाल भट्टराई