काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोर्स करेक्सन गरेर अघि बढ्ने बताएका छन् । नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै उनले आगामी दिनमा सुधार गर्ने बताएका हुन् ।
काठमाण्डौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो’ ‘अब त्यसलाई सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’ फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने संकल्पका साथ अघि बढ्ने उनको भनाई छ ।
आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर आफू फेरि एक पटक क्रान्ति गर्ने पक्षमा रहेको पनि प्रचण्डले सुनाए । आन्दोलनका उपलब्धीमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भैरहेकाले त्यसलाई परास्त गर्न लडाईं लड्ने र त्यसका लागि फेरि २र४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने बताए ।