काठमाण्डौं - नेपाल बैंक लिमिटेडले झण्डै दुई सय जनाका लागि दरखास्त आव्हान गरेको छ । बैंकले शुक्रवार अनलाइन दरखास्त फारम भर्न मिल्नेगरी सूचना प्रकाशित गरेको हो । बैंकका अनुसार लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।
आजदेखि चैत्र १२ गतेसम्म अनलाइन दरखास्त भर्न सकिने बैंकका अधिकारीहरुले जनाएका छन् । बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको छ ।
यसको विस्तृत विवरण गोरखापत्रमा हेर्न सकिनेछ । स्थायी दरबन्दीका लागि बैंकले आवेदन खुला गरेको हो । दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ ।
तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट www.nepalbank.com.np बाट भर्न सकिन्छ ।