विप्लव समुहसँग तीन बुँदे सहमति, प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्ने
काठमाडौं । सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता सकिएको छ । तीत बुँदै सहमति गर्दै बार्ता सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पुर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने र आफ्ना सम्पुर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपुर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारको तर्फबाट लगाईएको प्रतिवन्ध हटाउने, सम्पुर्ण बन्दिको रिहाई र मुद्धा खारेजी लगायत विषयहरु रहेका छन् ।
सहमतिको विस्तृत बिवरण यही फागुत २१ गते दिनको २ बजे विशेष समारोहकाबीच सार्वजानिक गरिने जनाईएको छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७ १०:४७
प्रतिक्रिया दिनुहोस्