काठमाण्डौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीसंग तत्काल वार्ता प्रक्रिया अघि बढाउने भएको छ । बार्ता प्रक्रिया अघि बढाउन गृहमंत्री राम बहादुर थापाको नेतृत्वमा दुखी सदस्यीय बार्ता टोली गठन गरेको छ ।
जसमा प्रधानमंत्रीका परराष्ट मामिला सल्लाहाकार राजन भट्टराई सदस्य छन् । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मंत्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारले बार्ता टोली गठन गरेको जानकारी गराउंदै विप्लव समुहले पनि टोली गठन गरी बार्तामा आउने विस्वास ब्यक्त गरे।
वक्तव्य.....
नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)सँग वार्ताद्वारा समस्या समाधान गर्न माननीय गृहमन्त्री रामवहादुर थापा (बादल)को संयोजकत्वमा सम्माननीय प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराई सदस्य रहनेगरी २ सदस्यीय वार्ता टोली गठन गरिएको छ ।
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री
सिंहदरवार, काठमाडौं