काठमाडौँ — नेपाली कांग्रेसले सरकारले चालेको कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रन आव्हान गरेको छ । सरकारले जनविरोधी कदम र प्रवृत्ति देखिए पनि आफूहरु सडक र सदनमा शालीन ढंगले प्रस्तुत भएको भन्दै कांग्रेसले शान्तिपुर्ण आन्दोलनमा जानुपर्नेमा जोड दिएको हो ।
प्रवक्ता विश्व प्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै बन्द, हडताल बाहेक शान्तिपुर्ण आन्दोलनमा जुट्न अपील गरेका छन् । संसद् विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौं । विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिलसमेत गर्न चाहन्छौं ।ु
प्रवक्ता शर्माले सरकारका असंवैधानिक कदमविरुद्ध आन्दोलनका कार्यक्रमहरुमा अझ व्यापक बनाउने विज्ञप्तीमार्फत जनाएका छन् । कांग्रेसले शनिबार शुभेच्छुक संस्थाहरूको प्रदर्शन गर्ने र फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ प्रदर्शन गर्ने पनि उनले जानकारी दिएका छन् ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दा र नियुक्ति र शपथ ग्रहणमा सरकारले संविधानविपरीतको कर्म गरेको विज्ञप्तीमा उल्लेख छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथ ग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्मविपरीतको कर्म गर्ने सर्वसत्तावादउन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ, विज्ञप्तीमा भनिएको छ ।