Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भूमि समस्या समाधान आयोग दोलखाको अध्यक्षमा धर्मेन्द्र मोक्तान नियुक्त

चरिकोट - भूमि सम्बन्धी समस्या समाधान आयोग दोलखाको अध्यक्षको जिम्मेदारी धर्मेन्द मोक्तानले पाएका छन् । मन्त्रिपरिषदको बैठकले उनलाई भूमि सम्बन्धी समस्या समाधान आयोग दोलखाको अध्यक्षमा नियुक्त गरेको हो ।

उनी मेलुङ गाउँपालिका ४ भेड्पु निवासी हुन । आयोगको विज्ञमा गौरीशंकर गाउँपालिका ३ जुँगुका बद्री बहादुर बुढाथोकी र सदस्यमा बिगु गाउँपालिका ४ की गोमा केसी नियुक्त भएकी छन् ।

आयोगको अध्यक्षका लागि यसअघि नेताहरु शिवप्रसाद भण्डारी, गोपाल न्यौपाने पनि आकांक्षी रहेको चर्चा थियो ।

सरकारले ७७ वटै जिल्लाका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको जनाएको छ । जसका लागि सरकारले ७७ वटै जिल्लामा २ सय ३१ जना जिल्ला समितिका पदाधिकारी नियुक्त गरेको छ । आयोगका जिल्ला अध्यक्षहरुले सरकारको प्रथम श्रेणी सहसचिव र सदस्यहरुले द्धितिय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउनेछन् । 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update