Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा काब्रे स्थित जनमुखी साकोसमा नयाँ नेतृत्व निर्वाचित

चरिकोट - दोलखाको वैतेश्वर गाउँपालिका-५ स्थित जनमुखि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा माधवप्रसाद दहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

१ हजार ९ सय ३० मत ल्याएर वर्तमान अध्यक्ष सिताराम दहाललाई पराजित गर्दै दहाल जनमुखीको अध्यक्षमा निर्वाचित भएका हुन् । आईतबार अपरान्ह सम्पन्न मतगणनाको परिणाम अनुसार माधवले १ हजार ९ सय ३० र  सितारामले ९ सय ३४ मत प्राप्त गरे ।

संस्थाको उपाध्यक्षमा गिताकृष्ण शर्मा १ हजार ८ सय ५३ मत ल्याएर विजयी भएका छन् । संस्थाका पूर्व सहसचिव शर्मा वर्तमान लेखा संयोजक शंकर बस्नेतलाई १ हजार १ सय ७९ मत अन्तरलेले पराजित गर्दै उपाध्यक्षमा विजयी भएका हुन् । बस्नेतले ७ सय ७४ मत पाएका छन् ।

यस्तै, संस्थाको काभ्रे सदस्यमा राजनकुमार दाहल, नाम्दु सदस्यमा कमलप्रसाद चौलागाई र दलित जनजाति सदस्यमा गिता भुजेल विजयी भए ।

जनमुखी साकोसको अध्यक्ष उपाध्यक्षसहित अन्य तीन सदस्य पदमा सहमति जुट्न नसकेपछि हिजो निर्वाचन गर्नुपरेको थियो । जसमा ३ हजार १ सय ९२ मत खसेको थियो । जनमुखि साकोसमा कुल १२ हजार ५ सय १२ मतदाता रहेका छन्। त्यसमध्ये ९ हजार ३ सय २० जना मतदाताले मतदान प्रक्रियामा भाग लिएनन्।

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update