Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भारतले उपलब्ध गराएको खोप तत्काल जिल्ला पुर्याउने तयारी

काठमाडौँ — भारतले नेपाललाई उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्‍याइसक्ने तयारी गरिएको छ । खोप लगाउने मिति तय भैनसकेपनि सरकारले खोप जिल्ला पुर्याउने योजना बनाएको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिए । उनका अनुसार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरूलाई प्राथमिकतामा राखिएको छ । स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ ।

देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ । काठमाडौंमा एयर इन्डियाबाट आइपुग्ने खोप त्रिभुवन विमानस्थलबाट सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिँदैछ ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update