नवीन कुमार खतिवडा
बैतेश्वर - दोलखाको बैतेश्वर गाउँपालिका ३ यार्सा स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था ली. को २० औ प्रतिनिधिमुलक बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष अमृत शेर्पाको अध्यक्षतामा भएको साधारण सभाको जिल्ला बचत संघका अध्यक्ष भुमिराज खड्काले उद्घाटन गरे ।
साधरणसभामा संस्थाका सचिब कर्ण दोर्जे शेर्पाले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेभने कोषाध्यक्ष तेन्जिङ शेर्पाले हाल संस्थाको कुलपुँजी ८ करोड ३८ लाख ७ हजार ६ सय ५१ रुपैया, शेयर ७१ लाख ६४ हजार ८ सय रुपैया, बचत ६ करोड १७ लाख ५१ हजार ३ सय ६५ रुपैया बराबरको संस्थाको वित्तिय प्रतिबेदन प्रस्तुत गरे । यस्तै लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक शेषनारायण दहालले प्रस्तुत गरेका थिए ।
जनउत्थानले विभिन्न ७ प्रकारको बचत सेवाहरु प्रदान गर्दै सदस्यको विश्लेषण गरि विभिन्न शिर्षकमा ऋण लगानी गर्दै आएको जनाएको छ। संस्थाले बार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी, जेष्ठ सदस्य, असल ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट दैनिक बचतकर्ता लगायतका विधामा आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ।
कार्यक्रममा जिल्ला बचत संघ दोलखाका अध्यक्ष एंव प्रमुख अतिथि भुमिराज खड्का, जनमुखी साकोसका अध्यक्ष सिताराम दहाल, जनसचेतन साकोसका लेखा संयोजक मीन प्रसाद दहाल, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वैतेश्वर गाउँपालिकाभर कार्यक्षेत्र रहेको संस्थामा हाल २ हजार ५ सय ७२ जना सदस्य रहेका छन भने ५ जना कर्मचारी द्वारा मुख्य कार्यालय सहित २ वटा सेवाकेन्द्र बाट संस्थाका शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।