Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भविश्य निर्माण महिला साकाेसको सााधारण सभा शुभारम्भ

नवीन कुमार खतिवडा/ मैनापाेखरी

भविश्य निर्माण महिला बचत तथा ऋण सहकारी संस्था बैतेश्वर ५ मैनापोखरीको २५ औ बार्षिक साधारण सभा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ।साधारण सभाको एक कार्यक्रम का बिच नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनका संचालक समिति सदस्य प्रमुख अतिथि जीवसराज खड्काले उद्घाटन गरे।

कार्यक्रम मा विशेष अतिथि बागमती प्रदेश सहकारी संघका महासचिव भीम प्रसाद दहाल, वैतेश्वर गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्य तथा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

संस्थाका अध्यक्ष प्रतिभा घिमिरेको अध्यक्षतामा भएको साधरण सभामा सस्थाका सचिब ज्योति केसिले ले बार्षिक प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष गुणामन्जरी शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गरे। महिला शेयर सदस्य मात्र रहि महिलाद्वारा नेतृत्व गरि संचालन गरिएको यस संस्थाले वैतेश्वर गाउँपालिका कार्यक्षेत्र रहि सेवा पुर्याउदै आएको छ। यस सहकारीमा १५२० जना शेयर सदस्य तथा ३ करोड ६७ लाख ४८ हजार ६ सय त्रीयासी कुल पुजी रहेको छ जसमा शेयर पुजि ३० लाख,बचत निक्षेप २ करोड ७७ लाख ७८ हजार ६ सय सन्ताउन्न तथा जगेडा कोषमा ३६ लाख ९६ हजार ९ सय ४३ रुपैयाँ रहेको छ।

संस्थाले बचत तथा ऋण कारोबार को अलवा महिला हरु लाई सशक्तीकरण तथा सचेतिकरण गरि महिलाको आर्थिक विकास, सामाजिक विकास र सांस्कृतिक रुपान्तरण मा भुमिका खेलेको संस्थाकि अध्यक्ष प्रतिभा घिमिरेले जानकारी दिइन्। संस्थाले सामाजिक सेवा तर्फ शेयर सदस्य को मृत्यु हुँदा किरिया खर्च, बर्षभरी सुत्केरी भएका सदस्य लाई सहयोग, एस.इ.इ.मा उत्कृष्ट अंक ल्याउने बाल सदस्य लाई सम्मान तथा छात्रवृत्ति बितरण जस्ता बार्षिक कार्यक्रम रहेको संस्थाकी ब्यबस्थापक उर्मिला केसिले जानकारी दिइन्।

यसैबिच संस्थाले साधारण सभामा दोलखाको सहकारी अभियान को नेतृत्व गर्दै नेफ्स्कुन को संचालक समिति सदस्य मा निर्वाचित भएकोमा जीवसराज खड्का र जिल्ला बचत संघ मा निर्वाचित अध्यक्ष भुमिराज खड्का लाई बधाई सहित अभिनन्दन गरेको छ साथै उत्कृष्ट बचतकर्ता, शेयर खरिद कर्ता, उत्कृष्ट ऋणी लगाएत लाई सम्मान समेत गरेको छ। कोरोना भाईरस कोभिड १९ का कारण साधारण सभा पौष २ गते देखि ६ गतेसम्म क्षेत्रगत रुपमा गरि सम्पन्न हुने छ।

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update