कोरोना संक्रमणपछि दोलखामा वडा अध्यक्षको मृत्यु
चरिकोट - दोलखाको शैलुङ गाउँपालिका ैै़ैैैै़ैैै़ैैैै़ैै़ैैैै़ैैै़ैैैैैैैै़ैैैवडा नम्बर-७ का अध्यक्ष धावा वांगेल लामाको कोरोना संक्रमण पछि मृत्यु भएको छ । ५६ वर्षिय अध्यक्ष लामाको काठमाडौं स्थित किष्ट मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
रुघाखोकी सहित स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई मंसिर २१ गते उपचारको लागि काठमाडौं लगिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराउने तयारी हुँदै गर्दा मृत्यु भएको परिवारजनले बताएका छन् ।
कोरोना संक्रमणपछि दोलखामा जनप्रतिनिधिको पहिलोपटक मृत्यु भएको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७ १८:०१
प्रतिक्रिया दिनुहोस्